काठमाडौं । माधव कुमार नेपालको भ्रममा परेर नेकपा एकीकृत समाजवादीतिर लाग्नुभएकी सर्लाही हरिपुर नगरपालिकाकी उपप्रमुख एमाले राेजेका छन । माधव नेपाल मुलुक बिगार्नकै लागि एमालेबाट बाहिरिएको तथ्यबारे जानकार भएपद्धि हरिपुरकी उपमेयर रेणुका काफ्ले आज एमालेमै फिर्ता हुनुभएको हो ।
काफ्लेलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ । कार्यक्रममा स्थायी कमिटी सदस्य प्रभू साह, केन्द्रीय सदस्य बद्री न्यौपानेलगायतको उपस्थिति थियो । एमाले विभाजन हुँदा काफ्लेले नेकपा एस रोज्नुभएको थियो । काफ्लेले आफूजस्तै सवै जनप्रतिनिधि माधवको भ्रममा परेर नेकपा एस रोजेको भन्दै आगामी चुनाव अगावै सो पार्टीतिर लागेका सवै एमालेमै फिर्ता हुने बताउनु भयो ।
भ्रममा पारेर आफ्नो स्वार्थ र कम्युनिष्ट आन्दोलन सकाउने मिसन लिएर माधवले एमाले छाडेर नयाँ पार्टी खोलेको तथ्य अव सवैले बुझेको निश्कर्षमा काफ्ले पुग्नुभएको हो ।
प्रतिक्रिया