जनकपुरधाम । मधेस प्रदेशमा ६ महिनाको अवधिमा प्रहरीले लागुऔषधसहित ६ सय ५ जनालाई पक्राउ गरेको छ। आठ वटै जिल्लाबाट सो संख्यामा अभियुक्तलाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरीको कार्यालयले जनाएको छ ।
मधेस प्रदेश प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले चालु आर्थिक वर्षको ६ महिनामा ५ सय ९४ जना पुरुष र ११ जना महिलालाई लागुऔषध सहित पक्राउ गरिएको बताए ।
गाँजा १ हजार ७ सय १९ केजी, ब्राउन सुगर १३४ ग्राम, चरेस ४६ केजी, हिरोईन ८३ ग्राम, डाईलेक्स डिसी ९० लिटर, ट्याब्लेट ४० हजार ७ सय २८ पिस र इन्जेक्सन २२ हजार ४ सय ४६ पिस बरामद गरिएको प्रदेश प्रहरीका प्रवक्ता कार्कीले जानकारी दिए ।
मधेस प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले ६ महिनामा करोडौँ रुपैयाँको भन्सार छलि गरेर नेपाल ल्याइएको सामग्री समेत बरामद गरेको छ ।किराना सामग्री, विद्युतीय सामग्री, सवारी साधन र पार्टपुर्जा, लत्ताकपडा, फेन्सी तथा अन्य सामग्रीसहित सुन र चाँदी बरामद गरिएको र १ सय ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया