जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म चार लेनको सडक निर्माण गरिने छ । भारतको केन्दीय सडक परिवहन एवम् राजमार्गमन्त्री नितिन गडकरीले बिहारका सडक परिवहन मन्त्रीलाई पत्र लेख्दै यस्तो जानकारी दिनुभएको हो ।
उहाँले उत्तर प्रदेशको अयोध्यादेखि जनकपुरधामसम्म चार लेनको रामजानकी सडक निर्माण हुने जानकारी दिनुभएको छ । अयोध्याबाट प्रारम्भ हुने सडक वस्ती–बडहलगञ्ज, मेहरौना घाट, सिनाव, धकिया, सीतामढी, मिठामोड हुँदै जानकीको जन्मस्थली जनकपुरसम्म विस्तार हुनेछ । रामजानकी मार्ग बनाउने विहार सरकार अनुरोधलाई स्वीकार गर्दै केन्द्र सरकारले ४ लेनको सडक बनाउने निर्णय गरेको हो ।
भारतको केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले बिहार सरकारका विभागिय मन्त्री नितिज नविनलाई लेखेको पत्रमा जनकपुरधामलाई जगत जननी माता जानकीको जन्मस्थली भनेर सगौरव उल्लेख गरिएको छ । करिव सात हजार करोडको लागतमा बन्ने सो फोरलेन रामजानकी मार्ग बनेपछि अवध र मिथिलाधामको यात्रा सहज हुने भएको छ । भारत सरकारको निर्णयले मिथिला र अवधमा खुसी छाएको छ ।
प्रतिक्रिया