सिरहा : कम्बल वितरण कार्यक्रम सम्पन्न

मधेशपाटी अनलाइन     २०७८ माघ ११, मंगलवार ०६:५३ बजे मा प्रकासित



सिरहा। सिरहाका कर्जन्हा नगरपालिकामा आज सोमबार वडा नम्बर ८ मा कम्बल बितरण गरिएको छ। कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमामको अगुवाइमा सोमबार कम्बल बितरण गरिएको जिन्सी शाखा प्रमुख गोबिन्द पासमानले जानकारी दिए ।

कम्बल वितरण कर्जन्हा नगरपालिकाका वडा नं ८ बाट शुर भएको र कर्जन्हाका सबै वडाहरुमा क्रमित रुपमा कम्बल बितरण गरिने कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले बताए ।केहि दिन देखि लगातार बढेको अत्यधिक चिसो सँगै प्रदेश नं २ का जनजीवन प्रभावित भएपछि असहाय ,गरीब र दलित परिवारलाई लक्षित गर्दै कम्बल बितरण गर्ने अभियान शुरु गरिएको नगर प्रमुख पासमानले जानकारी दिए ।

कर्जन्हा नगरपालिकाका वडा नं ८ सँगै अब सबै वडाहरुमा चिसोबाट बाच्नका लागि कम्बल बितरण हुने मेयर पासमानले जानकारी दिए ।बितरण भएका वडावासी खुशी भएको वडा अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।कार्यक्रममा उप -प्रमुख ज्ञान कुमारी श्रेष्ठले बृद्धवृद्धालाई कम्बल ओढाएर सम्मान गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया





Top