मधेश प्रदेश : रथले किच्दा २ जना ज्यान गयो,१२ जना अस्पताल भर्ना

मधेशपाटी अनलाइन     २०७८ माघ ११, मंगलवार ०७:५९ बजे मा प्रकासित


बारा । बाराकाे आदर्शकोतवाल गाउँपालिकामा बेहुला-बेहुली बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ।

जिल्लाको आदर्शकोतवाल गाउँपालिका-३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडाध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए।

 

रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष यादवले बताए।

स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयार गरिएको रथ अचानक अनियन्त्रित भई किच्दा अन्य १२ जना घाइते भएका छन्। घाइते मध्ये ६ जनाको अवस्था गम्भिर छ।

घाइतेहरुलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको छ। बाराकै करैयामाई गाउँपालिका जन्ती जाने तयारी भइरहेको थियो।

आदर्शकोतवाल गाउँपालिकामा रथले किचेर मानिसहरु हताहती भएको र उद्दार गरेर अस्पताल ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

प्रतिक्रिया





Top