डा. राउतको खुट्टा नकाटिए एक बाउको छोरी नाई” भनेर धम्की :जसपा नेतृ रेखा

न्यूज डेस्क     २०७८ माघ ११, मंगलवार ०९:२२ बजे मा प्रकासित


जनकपुरधाम । प्रदेश नम्बर २ को मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालकी अर्की महिला नेतृले पनि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई खुट्टा काट्ने धम्की दिएकी छन् ।

सोमबार जनता समाजवादी पार्टी निकट समाजवादी महिला संघकी नेतृ रेखा साहले डा. सिके राउतलाई खुट्टा काट्ने अभिव्यक्ति दिएकी हुन् ।

जसपाका महिला नेतृ साहले आक्रोश पोख्दै देखिन्छ । एक भिडियोमा उनले भनेकी छिन : “हाम्रो महिलामाथि, हाम्रो महिला मन्त्री रेणु यादलाई आक्रमण गरे उनको एउटा टुप्पी, कपाल (चुरकी) उखेलिदिन्छौँ । महिला मन्त्रीमाथि प्रहार गरे उनको खुट्टा काटिदिन्छौँ ।”https://fb.watch/aLbcdDSROX/

गत माघ ५ गते मन्त्री रेणु कुमारी यादवले दिएको अभिव्यक्तिप्रति राजनीतिक माहौल तातिएपनि जसपाकै अर्की नेतृले डा. राउतको खुट्टा काटिलिने अभिव्यक्ति दिएकी हुन् ।

सोमबार समाजवादी महिला सँघ पर्साद्धारा आयोजित खवरदारी एवम् विरोध कार्यक्रममा सँघकी नेतृ साहले मन्त्री रेणु यादवमाथि डा. सिके राउतका कार्यकर्ताहरुले आक्रमण गरेको भन्दै उनको खुट्टा काटिदिने अभिव्यक्ति दिएकी हुन् ।

 

यस्तै, जनमत पार्टीकी महिलाहरुलाई समेत चेतावनी दिएकी हुन् । उनले मर्दकी छोरीहरु भए हामी पाँच जनासँग लडेर देखाओस भनेर चुनौति पनि दिएकी हुन् ।

“त्यो त गौर थियो, पर्सामा भएको भए हामी देखाईदिन्थ्यौँ, हामी सिके राउतको खुट्टा नकाटिए एक बाउको छोरी नाई” भनेर अभिव्यक्ति दिएकी हुन् ।

यसअघि मन्त्री रेणु यादव यस्तै प्रकारको धम्की सार्वजनिक मँचबाट दिएपछि चौतर्फी आलोचना भइरहेको छ भने विभिन्न पार्टीबाट उनको पद बर्खास्तीको लागि माग उठेको छ ।

प्रतिक्रिया





Top