महोत्तरी: पिपरा गाउँपालिकामा अख्तियारले छापा हानेपछि

न्यूज डेस्क     २०७८ माघ ११, मंगलवार १८:०० बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका कार्यालयमा अख्तियारले छापा हानेको हाे ।

अनियमितता भएको भन्दै सर्वदलीय संयुक्त आन्दोलन परिचालन समितिले कार्यालयमा धर्ना दिइरहेको बेला अख्तियारले छापा हानेका हो।

अख्तियार दुरूपयोग अनुसन्धानको बर्दिवास कार्यालयबाट खटेको टोलीले कार्यालयबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएको छ।

 

बर्दिवास अख्तियारका सूचना अधिकारी मनिराम ज्ञवालीले गाउँपालिकाको कार्यालयबाट छानबिनका लागि केही फाइलहरू नियन्त्रणमा लिइएको जानकारी दिए।

आयोगमा परेको उजुरीको आधारमा कागजपत्रहरू नियन्त्रणमा लिइएको उनले बताए। अख्तियारमा जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजना अनियमितता गरेको भन्दै ३२ वटा उजुरी परेको छ।

गाउँपालिकामा भ्रष्टाचार, अनियमितता, अपारदर्शीतालगायतका आरोप लगाउँदै संयुक्त आन्दोलन परिचालन समिति एक सप्ताहभन्दा बढी समयदेखि कार्यालयमा धर्ना दिँदै आइरहेको छ।

प्रतिक्रिया





Top