सिरहा : घरायसी विवाद क्रममा बुबाले बञ्चरो प्रहार छोराको मृत्यु

मधेशपाटी अनलाइन     २०७८ माघ ११, मंगलवार १९:०६ बजे मा प्रकासित


सिरहा । सिरहामा घरायसी विवाद क्रममा बुबाले गरेको बञ्चरो प्रहारबाट छोराको ज्यान गएको छ । सखुवानन्कारकट्टी गाउँपालिका २ पटनाका ६० वर्षिय सोनाई सदाको बञ्चरो प्रहारबाट आफ्नै छोरा ३० वर्षिय प्रमेश्वर सदाको आज विहान मृउत्यु भएको हो ।

घटनाबारे विस्तृत विवरण नआएपनि मदिरा समेत सेवन गरेका सोनाईले घरायसी विवादका क्रममा बञ्चारोले हान्दा छोरा प्रमेश्वरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । सोनाईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया





Top