जनकपुरधाम ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघले मसाल जुलुस निकालेको छ । मंगलबार साँझ युवा संघका नेता तथा कार्यकर्ताहरूले स्थानीय चुनावको घोषणा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको राजीनामा माग गर्दै मसाल जुलुस निकालेका थियाे । उनीहरूले शिवचौकदेखि जनक चौकसम्म जुलुस निकालेका थिए ।
स्थानीय चुनाव समयमा नगर्ने षडयन्त्र हुन थालेकाले खबरदारी गर्न मसाल जुलुस निकालेको उनीहरूले बताएका छन् । त्यस्तै, माघ ५ गते गौरमा मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएकाले तत्काल राजीनामा दिनुपर्ने पनि उनीहरूको माग छ । संघले विभिन्न मागहरू राखेर केही दिनदेखि प्रदर्शनसहित दबाबमुलुक कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया