पहिला खाद देऊ, अनि भोट खसाऊ जनकपुरको बिभिन्न चौकमा बिहानैदेखि किसान प्रदर्शन

न्यूज डेस्क     २०७८ माघ १२, बुधबार ०८:०८ बजे मा प्रकासित


जनकपुरधाम । आज जनकपुरधामस्थित हुन लागेको राष्ट्रिय सभा निर्वाचनको क्रममा डा. सिके राउत नेतृत्वको जनमत पार्टी र किसानहरुले एकसाथ प्रदर्शन गर्ने भएको छ ।

पूर्व घोषित किसान आन्दोलन अन्तर्गत बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई आन्दोलनकारीहरुले ज्ञापन पत्र समेत बुझाउने कार्यक्रम रहेको छ । ट

आज बुधबार हुन लागेको राष्ट्रिय सभा निर्वाचनको क्रममा भोट खसाउन आउने नेतासँग किसानहरुले पहिले मल, खाद देउ अनि भोट खसाउ भन्दै आग्रह सहित नारावाजी समेत गरिने जनाइएको छ ।

ज्ञापन पत्र बुझन आनाकानी गरिएकोले मुख्यमन्त्री जहाँ देखिए त्यही ज्ञापन पत्र बुझाइने जनाइएको छ । किसानहरुको तर्फबाट माग पुरा गर्न ज्ञापन पत्र बुझाउनको लागि आनाकानी गरे जनकपुरमा जहाँ देखिए त्यही बुझाउने योजना रहेको छ ।

सोही क्रममा राजधानी जनकपुरधामको विभिन्न चोकमा जनमत पार्टीका कार्यकर्ता र किसानहरुले टायर बालेर प्रदर्शन सुरु गरेको छ । उनीहरुले किसानको माग पुरा गर भन्दै टायर बालेका हुन् ।

विगत १ महिनादेखि नै निरन्तर जारी रहेको किसान आन्दोलनको लागि प्रदेश सरकारले कुनै चासो नलिएको भन्दै मुख्यमन्त्री राउतलाई त्यसको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको हो ।

जनकपुरधामस्थि विभिन्न चोक चौराहामा किसानहरु सहित जनमत पार्टीका नेता कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन सुरु गरेको छ । किसानहरुलाई मल, खाद सहज उपलब्धता सहित किसानहरुलाई बिजुली निःशुल्क गर्न माग गर्दै एक महिनादेखि किसानहरु आन्दोलनमा छन् ।

आज मधेश प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय सभा चुनाव पूर्व निर्धारित मिति बमोजिम हुने भएको छ । जसमा विभिन्न पार्टीहरुको गठबन्धनले नयाँ मोड पनि आउने सँकेत देखिएको हाे ।

प्रतिक्रिया





Top