सप्तरी : गए राति पुन एक ट्रकमा अज्ञात समूहद्वारा आगजनी

न्यूज डेस्क     २०७८ माघ १२, बुधबार ०९:४६ बजे मा प्रकासित


जनकपुरधाम । सप्तरीमा गए राति पुनः एक ट्रकमा आगजनी भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ४ विशाल चोकस्थित पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नम्वरको ट्रकमा आगजनी भएको हो ।

सो ट्रकमा राति करिब ११ बजेतिर कुखुराको दाना बोकेर गइरहेको आगजनी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रामकुमार यादवले जानकारी दिए । ‘कसले र किन ट्रकमा आगजनी गरेको विषयमा अनुसन्धान भइरहेको छ’ उनले भने। चालक भने सम्पर्कमा नआएकाे उनले बताए ।

अज्ञात समूहद्वारा गरिएको आगजनीले ट्रक पूर्ण रुपमा जलेको छ । यसअघि पुस १६ गते पनि सोही गाउँपालिका–५ महुली पुलमा एक ट्रक जलाइएको थियो ।

प्रतिक्रिया





Top