किसान आन्दोलन : ज्ञापन पत्र बुझाउन जाँदा मुख्यमन्त्री राउत फरार

मधेशपाटी अनलाइन     २०७८ माघ १२, बुधबार १६:४८ बजे मा प्रकासित


जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा मोटो सँख्यामा किसानहरु सडकमा ओर्लेका छन् ।

आज (बुधबार) जनकपुरधाममा सुरु भएको राष्ट्रिय सभा निर्वाचनको क्रममा “पहिलो मल, खाद, त्यसपछि मात्र भोँट” नारा सहित किसानहरुले जनकपुरमा माहौल तताएको छ ।

राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि जनमत पार्टी र किसान सँघर्ष समितिहरुले आजैका दिन आन्दोनलको घोषणा गरी अहिले जनकपुरमा लाठी भाटा सहित प्रदर्शन गरिरहेको छ ।

जनकपुरधामको विभिन्न चोकमा जनमत पार्टीका कार्यकर्ता सहित विभिन्न गाउँहरुबाट आएको किसानहरुले नारावाजी सहित प्रदर्शन सुरु गरेको छ । उनीहरुले माग पुरा गराउन आन्दोलन गरेको बताएका छन् ।

सोही क्रममा मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउनको लागि प्रयास गरेको जनाउँदै तर मुख्यमन्त्री राउत फरार रहेको बताए । फेरि भने ज्ञापन पत्र बुझन् ‘जहाँ देखिए त्यही ज्ञापन पत्र’ बुझाउने कार्यक्रम रहेको बताए ।

किसानहरुले विगत एक महिनादेखि सहज रुपमा मल, खादको व्यवस्था, किसानको परिचय पत्र, किसानलाई सिँचाईमा विजुली निःशुल्क गर्नुपर्ने लगायतका मागहरु उठाएर निरन्तर आन्दोलनरत रहेका छन् ।

प्रतिक्रिया





Top