निरञ्जनकुमार साह, जनकपुरधाम। राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कूल ३ सय ७२ मतदातामध्ये ९८ प्रतिशतले मतदान गरेका छन् ।
मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सिटका लागि निर्वाचन भएको हो । बिहान साढे १० बजेदेखि जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ । यो प्रदेशमा सत्ता गठबन्धन तथा नेकपा एमाले र लोसपाको गठबन्धनबीच चुनावी प्रतिस्पर्धा रहेको छ।
कुल ३ सय ७२ मत रहेको यस प्रदेशमा ३ सय ६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए । प्रदेशसभातर्फ १ सय २ र स्थानीय तहतर्फ २ सय ६४ मत खसेको प्याकुरेलले जानकारी दिए। स्थानीय तहतर्फ १ सय ३२ महिला र १ सय ३२ पुरुषले मत खसालेका छन्।
प्रतिक्रिया