नेपालको सबैभन्दा बढी जनसंख्या मधेश प्रदेशमा

मधेशपाटी अनलाइन     २०७८ माघ १२, बुधबार १९:१८ बजे मा प्रकासित


जनकपुरधाम। केन्द्रीय तथ्याङ्क विभागले आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनीक गरेको छ ।

प्रारम्भीक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

राष्ट्रिय योजना आयोगले प्रक्षेपण गरेको तीन करोडभन्दा करीब आठ लाख जनसंख्या कम हुन पुगेको हो ।

अन्तिम नतिजामा विवरणमा सामान्य हेरफेर हुन सक्ने केन्द्रीय तथ्याङ्क विभागल जनाएको छ ।
यसपाली दुई चरणमा जनगणना संकलन गरिएको थियो । २०७८ भदौ ३० देखि असोज १८ गतेसम्म पहिलो चरण र २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म दोश्रो चरणको तथ्यांक संकलन गरिएको थियो ।

वि.स. २०६८ को जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

नयाँ तथ्यांक अनुसार मधेश प्रदेशको जनसंख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको सबैभन्दा कम छ । त्यस्तै जिल्लागत रुपमा काठमाडौं जिल्लाको जनसंख्या सबैभन्दा बढी छ भने मनाङ जिल्लाको सबैभन्दा कम छ ।

तथ्यांक अनुसार कुल जन्संख्यामा पुरुष भन्दा महिलाहरुको संख्या ७ लाख बढि रहेको छ भने जनसंख्यमा वृद्धिदर ०.९३ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया





Top