धनुषा : कृषि ज्ञान केन्द्र प्रमुख साहले अधिकृतलाई कार्यालयमा हाजिर हुन दिएनन्

मधेशपाटी अनलाइन     २०७८ माघ १३, बिहीबार ०९:३७ बजे मा प्रकासित


जनकपुरधाम । कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर साहले लेखा अधिकृत राम सुलित महतोलाई कार्यालयमा हाजिर हुन दिएका छैनन् ।

मधेश प्रदेशको अर्थमन्त्रालयले पुस ९ गते लेखा अधिकृत महतोलाई कृषि ज्ञान केन्द्र धनुषामा कामकाज गर्न खटाएको थियो । तर, ज्ञान केन्द्रका प्रमुख साहले लेखा अधिकृत महतोलाई माघ १० गते सम्म कार्यालयमा हाजिर गर्न दिएका छैनन् ।

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख साह पटक–पटक भ्रष्टाचारमा लिप्त भएको कुराहरु बाहिर आउन सक्ने डरले लेखा अधिकृत महतोलाई हाजिर हुन नदिएको हुन सक्ने उनले गुनासो गरे । ज्ञान केन्द्रका प्रमुख महतोले कृषि सिँचाईमा वोर्डिङ्ग, बीउविजन लगायतको शिर्षकमा व्यापक अनियमितता गरेको र तत्कालीन लेखा अधिकृत अमर बहादुर भूजेललाई सेटिङ्गमा राखेको आरोप लगाइएको छ ।

आर्थिक बर्ष सम्पन्न हुन मात्रै पाँच महिना बाँकी रहेको र यस्तो समयमा नयाँ लेखा अधिकृत आए कार्यालय प्रमुखले गर्ने भ्रष्टाचारको पर्दाफास हुने डरले समेत उनले लेखा अधिकृतलाई हाजिर हुन नदिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया





Top