बर्जु महोत्सव गाडीमा आगजनी : सम्पूर्ण क्षति आयोजक र प्रायोजकले व्यहोर्नुपर्ने निष्कर्ष

मधेशपाटी अनलाइन     २०७८ माघ १३, बिहीबार १७:२९ बजे मा प्रकासित


सुनसरी । प्रदेश १ को सुनसरी स्थित तेस्रो बर्जु महोत्सवमा भएको सम्पूर्ण क्षति महोत्सव आयोजक र प्रायोजकले व्यहोर्नुपर्ने छानविन समितिले निष्कर्ष निकालेको छ।

छानविन समितिले तयार पारेको प्रतिवेदनमा यो घटनाको जिम्मेवार बर्जु सामुदायिक विकास केन्द्रको भएको निष्कर्षसहितको प्रतिवेदन तयार गरेको हो।

तोडफोड भएको भारतीय कलाकार खेसरीलाल यादवको गाडी र सर्कसवालाको मोटरसाइकल लगायत अन्य सामानको क्षतिपूर्ति आयोजकले नै व्यहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

बेचिएको टिकटको अर्धकट्टी देखाएमा त्यसको रकम, व्यापारीले मञ्चमा जोडेका सामानको क्षतिपूर्ति र इलाका प्रहरी कार्यालयको गाडीमा भएको क्षति र प्रहरी कर्मचारीको उपचार खर्च पनि बर्जु सामुदायिक केन्द्रले व्यहोर्नुपर्ने निस्कर्ष समितिले निकालेको हो ।

प्रतिक्रिया





Top