पक्राउ गरेको समान सप्रनि साहले मोटो रकम बुझेर छोडेको आरोप!

मधेशपाटी अनलाइन     २०७८ माघ १४, शुक्रबार ०९:०३ बजे मा प्रकासित


वीरगंज । पर्सा जिल्लाको छिपहारमाई गाउँपालिकामा पर्ने भिस्वा नाकाबाट भिस्वा बंजारी बिओपिका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साहकै संरक्षणमा तस्करी भइरहेको र पक्राउ परेका समान मोटो रकम बुझेर छोडेको आरोप लागेको छ।

बिहीबार दिनको १ बजेको समयमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एउटा मोटरसाइकल र ३ बोरा रिफाईन र किराना आईटम डियुटीमा खटेका सशस्त्र प्रहरी हवल्दारले समातेर बिओपिमा ल्याएको थियो। तर उक्त तस्करीको समान र मोटरसाइकल केही बेरमै इन्स्पेक्टर साहको आदेशमा छोडिएको बुझिएको छ ।

सशस्त्र प्रहरीले माल समातेको कुरो सुनेर रिपोर्टिङको लागि गएको पत्रकारले पक्राउ परेका समानको बारेमा जानकारी लिन खोज्दा त्यहा डियुटीमा रहेको सशस्त्र प्रहरीका हवल्दारले भने मेरो मोबाईलमा इन्स्पेक्टर साहेबले कल गरेर छोड्न भनेपछि आफू सरको आदेशमा छोडेको ती हवल्दारले बताए। सो क्षेत्रबाट तस्करी फस्टाएको एक व्यक्तिले नाम नखोल्ने सर्तमा बताएका छन्।

सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साहको मिलोमतोमा भारतबाट किराना आईटम, इलेक्ट्रोनिक पार्टस, गाडीका पार्टस,लताकपडा , र नेपालबाट पेट्रोल, डिजेलको तस्करी भइरहेको एक स्थानीयले बताएका छन्।

प्रतिक्रिया





Top