जनकपुर: सुपरभाइजर पदमा जागिर दिन्छु भन्दै ठगी गरेको आराेपमा प्रहरीले राईनलाई पक्राउ

न्यूज डेस्क     २०७८ माघ १४, शुक्रबार १०:५९ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेश को राजधानी जनकपुरमा सडक डिभिजन कार्यालयमा तीनजनालाई नक्कली नियुक्ति दिएर ठगी गरेको आरोपमा जनकपुरबाट एक जनालाई प्रहरीले समातिएका छन् ।

राईनले स्थानीय १९ वर्षीय बबलु पासमान, वष २० का पारस कुमार पासवान र दिपेश कुमार पासवनलाई सडक डिभिजन कार्यालय जनकपुरमा सुपरभाइजर पदमा जागिर दिएको भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका १ बस्ने २५ वर्षीय शहादत राईन छन् ।

प्रहरीका अनुसार राईनले सडक डिभिजन कार्यालयको लेटरप्याड, सरकारी छाप किर्ते गरी उनीहरुलाई सुपरभाईजर पदको नियुक्ती पत्र, मासिक तलब र सो पद सम्बन्धि उम्मेदवारको समझौता पत्र दिएर ठगी गरेका हुन् ।

सडक डिभिजन कार्यालयमा सुपरभाइजर पदकाबे जागिर दिएको बापत तीनैजनाबाट जनही राईनले २ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तीनैजनाले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय धनुषामा राईनमाथि किर्ते,ठगी शीर्षकमा उजुरी दिएका थिए । सोको आधारमा प्रहरीले खोजतलासको क्रममा राईनलाई बुधबार जनकपुरधामको कदमचोकबाट पक्राउ गरेको हो ।

उनले आफूले किर्ते गरेको समेत स्वीकार गरिसकेकाले बुधबार नै जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा १० दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी दीपक कुमार रायले जनकारी दिएका छन् ।

प्रतिक्रिया





Top