जनमत पार्टीका नेता-कार्यकर्तालाई कारबाही गर्न जसपाको माग

मधेशपाटी अनलाइन     २०७८ माघ १४, शुक्रबार २०:३६ बजे मा प्रकासित


जनकपुरधाम । शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधि गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही गर्न जनता समाजवादी पार्टी (जसपा)ले माग गरेको छ ।

जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले विज्ञप्तिमार्फत राष्ट्रियसभा निर्वाचन भइरहँदा किसान आन्दोलनको आडमा प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख उपप्रमुखमाथि गरेको सांघातिक आक्रमणको निन्दा गरेका छन् । जसपाले आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया





Top