मधेश प्रदेश सरकारको चौतर्फी आलोचना पश्चात् जिउँदो सहिद सिंहलाई राहत हस्तान्तरण

मधेशपाटी अनलाइन     २०७८ माघ १४, शुक्रबार २०:५७ बजे मा प्रकासित


रौतहट । मधेश आन्दोलनका घाइतेलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । शुक्रबार मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी जिउदो सहि रणवीर सिंहलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

राज्यमन्त्री यादव घाइते सिंहको घरमै पुगेर मधेश सरकारको तर्फबाट चेक हस्तान्तरण गरे । दोश्रो मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सिंह घाइते भएका थिए ।

यसअघि पनि प्रदेश सरकारले एक लाख नगद र प्रदेश कृषि मन्त्रालयले जिविकोपार्जनका लागि दुधालु भैँसी दिएर उनलाई सहयोग गरेका थिए ।

प्रतिक्रिया





Top