इन्द्र यादव ,जनकपुरधाम । हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले नेपालको युनिक परिचय एक मात्र हिन्दु देश रहेका र सनातन धर्म जन जागरण गर्ने परिषदको महाअभियानमा सहभागी हुन सम्पूर्ण युवाहरूलाई आग्रह गरेका छन् ।
धनुषा र महोत्तरी जिल्लामा ४ दिने कार्यक्रमको सन्दर्भमा उनले यथास्थितिको निरन्तरताले देश बर्बाद हुने भएकाले देश र धर्मको रक्षाका लागि युवाहरू लागि पर्नुपर्ने बताए ।
जिल्ला बसाईको क्रममा बिभिन्न राजनीतिक दल संग आबद्ध युवाहरु एवं स्वत्रन्त्र समुहका युवाहरु लाई राष्ट्र बचाऊँन अब हामी नेतृत्वदायीं भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताए।आफ्नो पार्टी र संगठन भन्दा माथि उठे मात्र यो राष्ट्र हामी जोगाउँन सक्छौ अध्यक्ष पटेलले भने ।
कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रीय सदस्यहरु पिंकी महासेठ, कृष्ण कान्त झा,दीपक चौधरी, श्यामसुंदर राय,केन्द्रीय सल्लहकार बैधनाथ साह, धनुषा जिल्ला अध्यक्ष शत्रुधन साह,उपाध्यक्ष दीपक देव्,महोत्तरी जिल्ला संयोजक बलबीर गुप्ता,जलेश्वर नगर संयोजक सुनील पासवान,जनकपुरधाम नगर सचिव सीताराम गुप्ता लगायतका सहभागी रहेका थिए।
हिन्दू परिषद नेपालको धनुषा र महोत्तरी जिल्लामा सम्पर्क कार्यालय,संगठन बिस्तार,भावी कार्यक्रम एंव बिचार मिलने संघ संस्था संग कार्यगत एकता बारे बृहत छलफल भएको थियो। साथै टोलीले विश्व प्रसिद्ध ऐतिहासिक तीर्थ स्थल जानकी मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर, धनुषाधाम र जलेश्वर महादेव मन्दिरमा पूजापाठ समेत गरेका थियो।
प्रतिक्रिया