काठमाडाैं । माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खुल्ने भएका छन् । विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएकाे हाे । पहिलो चरणमा खोप लगाउन छुटेका ११ देखि १७ वर्षका विद्यार्थीलाई अबका पाँच दिन खोप दिइनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ । कोरोना संक्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड–१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सिफारिस गरेको छ ।
प्रतिक्रिया