नगरपालिकामा बहुक्षेत्रिय पोषण कार्यक्रम शुरु

न्यूज डेस्क     २०७८ माघ १५, शनिबार १०:११ बजे मा प्रकासित


सिरहा । मधेस प्रदेशको राजधानी जनकपुरधामको
जिल्ला सिरहाका कर्जन्हा नगरपालिकामा बहुक्षेत्रिय पोषण कार्यक्रम शुरु भएको छ।
बहुक्षेत्रिय पोषण कार्यक्रम शुरु भएको जनसमुदायहरुको लागि अति लोकप्रिय कार्यक्रमहरु रहेका छन् ।

उक्त नगरपालिकामा बहुक्षेत्रिय पोषण योजना अन्तर्गत नगर स्तरीय खाद्य सुरक्षा निर्देशन समितिको बैठक आज शुक्रबार सम्पन्न भएको छ।कर्जन्हा न.पाको नगर प्रमुख गंगा पासमानको अध्यक्षतामा भएको बैठकमा कर्जनहा नगरपालिकाको उप प्रमुख ज्ञान कुमारी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृति बुद्धिमान दनुवार वडा अध्यक्ष ९ बहादुर महरा ,कपिल यादव ,जगदीश साह ,जय किशोर साह लगायतका कार्यपालिकाका सदस्य तथा शाखा प्रमुखहरुको सहभागिता रहेका थिए ।कर्जन्हा नगरपालिकामा बहुक्षेत्रिय पोषण कार्यक्रम योजना अन्तर्गत लोकप्रिय कार्यक्रम सबैको लागि रहेको हो।

बिद्यालयहरुमा खानेपानीको व्यवस्थापन ,गर्भवती महिलाहरूसँग मेयर ,उप मेयर भेटघाट कार्यक्रम ,सहकारी समूह गठन ,बिद्यालयहरुमा पोषण कर्नर निर्माण ,स्वास्थ चौकीहरुमा हजारडष्ट निर्माण ,क्षमता बिकास कार्यक्रम लगायतका विभिन्न योजनाहरु रहेको कर्जन्हा नगरपालिकाको सूचना अधिकारी सरोज कुमार पासमानले जानकारी दिए ।

आव पोषण कार्यक्रम सबै जनाको सल्लाह ,सुझाव बमोजिम पारदर्शी प्रक्रियाबाट कार्यक्रम संचालन गर्नका लागि
शाख प्रमुखहरुलाई मेयर पासमानले निर्देशन दिएका छन् ।

प्रतिक्रिया





Top