कृषि मन्त्री यादवलाई कालोझण्डा, जनमत पार्टीका ३ जना गिरफ्तार

न्यूज डेस्क     २०७८ माघ १५, शनिबार २०:३१ बजे मा प्रकासित


जनकपुरधाम। कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवलाई कालोझण्डा देखाउन पुगेका तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

ललितपुरको चंगाथलीस्थित मन्त्री यादवको घर अगाडि कालोझण्डा लिएर प्रदर्शन गर्न पुगेका जनमत पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनमतका उपत्यका अध्यक्ष हरेन्द्र चौधरी, सचिव अजय चौधरी र सदस्य जितेन्द्र मण्डल रहेका छन् ।

किसानलाई मलखाद उपलब्ध गराउन नसकेको भन्दै उनीहरू मन्त्री यादवको घर अगाडि कालोझण्डा देखाउन पुगेका थिए ।

प्रतिक्रिया





Top