जनकपुरधाम । धनुषा जिल्लाकाे कमला नगरपालिका विगत एक महिनादेखि ठप्प छ । कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईत र प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरबीचको आपसी द्धन्द्धको कारण विगत एक महिनादेखि कमला नगरपालिका पूर्ण रुपमा ठप्प भएको छ ।
नगरपालिकाका ४ वडाको वडाध्यक्ष र उपमेयर एक तर्फ तथा नगर प्रमुख गोईत एक तर्फ भई जनप्रतिनीधिबीचको द्धन्द्धमा कमला नगरपालिकावासी पिसिलिएको छ ।
नगर प्रमुख गोईतको अडान र अधिकृत ठाकुरको अडानले कमला नगरपालिका पूर्ण रुपमा ठप्प भएको छ । यद्यपी, यसको लागि कुनै पनि पक्षले ठोस पहल गर्न नसक्दा विगत एक महिनादेखि लागेको ताला अझै यथावत रहेको छ ।
विगत दुई वर्ष विकास निर्माणको लागि ट्रयाकमा आएको कमला नगरपालिका पुनः ५ बर्षपछि धकेलिएको गुनासो स्थानीयहरुले गर्न थालेको छ । कमला नगरपालिकामा जनप्रतिनीधि पनि हो भनेर आस नगरवासीले छोडिसकेको अवस्था छ ।
प्रतिक्रिया