विपन्न परिवारलाई तरुण दलका युवा नेता मण्डल पहलमा न्यानो कम्बल वितरण

मधेशपाटी अनलाइन     २०७८ माघ १७, सोमबार ०६:१४ बजे मा प्रकासित



सबिन यादव,सिरहा । मधेशमा जाडोबाट प्रभावित विपन्न परिवारहरुलाई नेपाल तरुण दल सिरहाका युवा नेता अरबिन्द मण्डलको पहलमा न्यानो राहत वितरण गरिएको छ ।

सिरहाको नरहा गाउँपालिका वडा नम्बर २ को ३० जना दलित समुदाय लगायत विभिन्न परिवारलाइ आईतबार समाजिक सँस्था HeSRA नेपालको सहयोगमा न्यानो सिरक वितरण गरिएको हो ।

HeSRA नेपालका प्रमुख र नेपाल तरुण दल जिल्ला सदस्य अरबिन्द मण्डलको पहलमा न्यानो सिरक वितरण गरिएको हो ।

 

नेपाल तरुणदल सिरहा जिल्लाका सदस्य समेत रहेका युवा नेता अरबिन्द मण्डलको विशेष पहलमा सो सिरक वितरण गरेका हुन ।

अति बिपन्न परिवारले जाडोमा कमल पाउदा धेरै नै खुशी र आयोजकहरुलाई धन्यवाद पनि दिएका थिए ।

“चुनावमा धेरै नेताकार्यकर्ताहरुले आशा र भरोसा देखाएका थिए तर कोहि आएनन् सबै भोटको बेलामात्र आउछ्न आब हामी दलित र बिपन्न परिवाले ती नेताकार्यकर्ता लाई आउदो चुनाबमा हामीले लखेटेर भगाउने छौं”– कम्बल ग्रहण गर्दै वृद्धवृद्धाहरुले भने ।

प्रतिक्रिया





Top