जनकपुरधाम । विभिन्न माग राखेर सिटिइभिटी विरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको छ ।
३ वर्षे कोर्ष ५ वर्ष लगाउन पाइदैन, पुर्व तालिका अनुसार परीक्षा हुनुपर्छ भन्दै जनकपुरमा विद्यार्थीहरु प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीले दमन गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
प्रहरीले विद्यार्थीको मोवाइल समेत फुटाएका छन् । शान्तिपूर्ण आन्दोलनमा दमन भएको भन्दै जनमत विद्यार्थी संघका जिल्ला अध्यक्ष विजय कुमार विज्ञप्ती जारी गरेर आपत्ति जनाएका छन् ।
प्रतिक्रिया