मधेश प्रदेशमा भएको अनियमितता, मुख्यमन्त्रीको छानविन समिति नै हरायो

मधेशपाटी अनलाइन     २०७८ माघ १७, सोमबार ०७:३३ बजे मा प्रकासित


जनकपुरधाम ।मधेश प्रदेशमा भएको अनियमितताको छानविन गर्न मुख्यमन्त्री लालबाबु राउतले गठन गरेका छानविन समिति नै हराएको छ ।

प्रदेश सरकारको १२ करोड रकम बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले हिनामिना गरेको र मुख्यमन्त्री कार्यालयमा आर्थिक अनियमितता भएको छानविन गर्न मुख्यमन्त्री राउतले गत साउन महिनामा छानविन समिति गठन गरेका थिए । समिति गठन भएको ७ महिना बितिसक्दा पनि त्यसले छानविनको प्रक्रिया नै थालेको छैन् ।

मुख्यमन्त्री कार्यालयको छानविन गर्न राउतले मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।सो समितिका सदस्यहरुमा प्रदेश लेखा प्रमुख राधेश्याम गिरि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दिपक दास रहेका थिए । त्यसैगरी बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले प्रदेश सरकारको १२ करोड आर्थिक अनियमितता भएको छानविन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कानून सचिवको संयोजकत्वमा प्रदेश लेखा प्रमुख गिरि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दास सदस्य थिए । आर्थिक अनियमितता छानविनका लागि मुख्यमन्त्री राउत स्वयंले नै समिति बनाएका थिए ।

तर सात महिना भइसक्दा पनि समितिले गरेको छानविनको प्रगति बाहिरिएको छैन् । ‘छानविन समितिले कार्य गर्न नसके त्यसलाई विघटन गरी अर्को समिति बनाउनु पथ्र्यो’प्रदेश सभासद अशोक यादवले भने, समिति गठन गरिसकेपछि त्यसको प्रतिवेदन सार्वजनिक हुनुपर्छ ।न्युज सभार जनकपुरटुडे

उच्चस्रोतहरुका अनुसार बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको छानविन रोक्न मोटो रकमको चलखेल भएको छ ।बृहत्तरले जानकी मन्दिरमा बिद्युतीकरणका लागि गरेका निर्णयहरुमा परिषदका पदेन सदस्यहरुको किर्ते हस्ताक्षर गरिएको समेत खुलेको छ । बृहत्तरको छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको दर्ता नम्बर सी –००५६०० रहेको सो उजुरी गत भदौ ८ गतेमा परेको थियो ।अनुसन्धान अधिकृत विपीन आचार्य रहेको बताइन्छ ।तर हाल सम्म कार्वाही भएको छैन् ।बृहत्तरमा भ्रष्टाचारको अर्को खेल पनि भएको छ ।

प्रतिक्रिया





Top