मिथिला नगर बाल संजालको अध्यक्षमा महतो निर्बिरोध चयन

न्यूज डेस्क     २०७८ माघ १७, सोमबार ०७:५५ बजे मा प्रकासित


जनकपुरधाम ।लधनुषा जिल्लाको मिथिला नगरपालिका मा नगर बाल संजालको पुर्ण गठन भएको छ।

आइतबार एक कार्यक्रमको बिच ढल्केबर स्थित राधा कृष्ण मन्दिर को सभाहलमा मिथिला नगरपालिका मा रहेको मिथिला नगर बाल संजालको १५ सदस्य रहने गरी नयाँ कार्यसमिति सहित संरक्षक समिति र सल्लाहकार समिति सर्वसम्मत चयन गरिएको छ।

प्रमुख अतिथि मिथिला नगरपालिका की उपमेयर तारा बस्नेत लामा को उपस्थिति र मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा ढल्केबर धनुषाको आयोजनामा एक कार्यक्रमको बिच मिथिला नगर बाल संजाल को पुर्ण गठन गरिएको छ। नव गठित समितिहरुमा अध्यक्ष दिवेश कुमार महतो, उपाध्यक्ष आरती कुमारी साह, सचिव अमित कुमार महतो, सह-सचिव आयुषा विक, कोषाध्यक्ष अस्मिता कुमारी सिंह , सदस्य मा विदया कुमारी महतो, इन्द्रजित कुमार महतो, हरिचन्द्र कुमार साह,मनिष कुमार महतो,विभा कुमारी महतो, पुर्णिमा लामा, संगीता कुमारी महतो, शिशिर नेपाली,कृष्ण कुमार महतो,राजु कुमार महतो सदस्य रहेका छन्। त्यस्तै नगर बाल संजाल को संरक्षक मा मिथिला नगरपालिका महिला बालबालिका ज्येष्ठ नागरिक शाखा बाट मिलनदेवी श्रिवास्तब र भगवती गजुरेल लाई चयन गरिएको छ र सल्लाहकारहरुमा मिथिला नगर युवा संजाल को अध्यक्ष राजु कुमार सिंह,नगर बाल संजालका पुर्व अध्यक्ष अंकित कुशवाहा, मिथिला नगर बाल संजाल का पुर्वकोषाध्यक्ष अनिषा कुमारी महरा, र इन्दु सिंह रहेको छ।

नवगठित कार्यसमितिकालाई स्वागत गर्दै , नगर उपप्रमुख र महिला बालबालिका ज्येष्ठ नागरिक शाखा का प्रदेश अधिकृत संजिब महतो लगायतका अतिथिहरुले बाल संजाल र बालबालिकाको को संरक्षण र संवद्र्धन सम्बन्धी कुरा व्यक्त गरेका थिए।

नवनिर्वाचित वर्तमान अध्यक्ष दिवेश कुमार महतो नगर बाल संजाल को सह-सचिव को पदमा कार्यरत थियो। अब वर्तमान सहसचिव मा आयुषा विक रहेको छ, पुर्व उपाध्यक्ष मा आरती कुमारी साह पुन उपाध्यक्ष पदमै निर्बिरोध चयन गरिएको छ, त्यस्तै पुर्वसचिव अमित कुमार महतो पुन सचिव पदमै निर्बिरोध चयन गरिएको छ ,अनि पुर्वकोषाध्यक्ष अनिषा कुमारी महरा सल्लाहकार को समिति मा चयन गरिएको र वर्तमान कोषाध्यक्ष मा अस्मिता कुमारी सिंह लाइ चयन गरी बाकि रहेको सबै वाडा बाट प्रतिनिधित्व हुने किसिमले मिथिला नगरपालिका मा रहेको ११ वटा वाडा बाट समितिको सदस्यहरुमा नाम राखिएको छ। त्यस्तै मिथिला नगर बाल संजाल का पुर्वअध्यक्ष अंकित कुशवाहा लाई वर्तमान नगर बाल संजाल को सल्लाहकार को रुपमा नियुक्त गरिएको छ।

उक्त कार्यक्रममा मिथिला नगरपालिका की उपमेयर तारा लामा बस्नेत, मिथिला नगरपालिका महिला बालबालिका ज्येष्ठ नागरिक शाखा ढल्केबर धनुषाको संयोजक मिलन श्रिवास्तब, शाखा प्रतिनिधि भगवती गजुरेल, महिला बालबालिका शाखा प्रदेश अधिकृत संजिब महतो, मिथिला नगर युवा संजाल को अध्यक्ष राजु कुमार सिंह, खानेपानी तथा सरसफाई का नगर समिति सदस्य कल्पना कडारी,महिला अधिकारकर्मी बिना कडारी ,लाइभ नेपाल संस्था बाट मनिसा आले, रेडक्रस सोसाइटी का धनुषा जिल्ला प्रतिनिधि रामनाथ महतो, मिथिला नगर बाल संजाल का पुर्व अध्यक्ष अंकित कुशवाहा, बालबालिका खोजतलास (१०४)संस्था का प्रतिनिधि, शाखा प्रतिनिधि कमलेश महतो लगायत विभिन्न वाडा बाट बाल क्लब प्रतिनिधिहरु को उपस्थिति रहेको थियो।

प्रतिक्रिया





Top