६९ औं बिश्व कुष्ठरोग दिवस कार्यक्रम कर्जन्हामा सम्पन्न

न्यूज डेस्क     २०७८ माघ १७, सोमबार १०:३७ बजे मा प्रकासित


सिरहा । जिल्ला सिरहाका कर्जन्हा नगरपालिका वडा नं ६ बेतहा स्थित स्थानीय स्वास्थ केन्द्रमा आज आइतबार ६९ औं बिश्व कुष्ठरोग दिवस शुन्य कुष्ठरोगको लागि हाम्रो प्रतिबद्धता , आत्मसम्मानको लागि एक्यबद्धता मुल नाराले जिवन्त गाउँ कार्यक्रम अन्तर्गत बिश्व कुष्ठरोग दिवस कार्यक्रम सम्पन्न भएको छ।

बिश्व कुष्ठरोग दिवस कार्यक्रममा कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानको अध्यक्ष्ातामा भएको कार्यक्रमको विशिष्ट अतिथिमा कर्जन्हा न .पाका उप- मेयर ज्ञान कुमारी श्रेष्ठ र प्रमुख अतिथिमा यसै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृति बुद्धिमान दनुवार ,अतिथिमा प्रदेश स्वास्थ निर्देशनालयका राजबिर यादव ,कुष्ठरोग सम्बन्धि तालीम दिने तालिम अधिकृति अरबिन्द साह ,वडा अध्यक्षहरु ,विभिन्न स्वास्थ केन्द्रका इन्चार्जहरु ,लालगढ्का डाक्टरहरु रहेका थिए ।

बिश्व कुष्ठरोह दिवस कार्यक्रममा कुष्ठरोग बारे अनेकौं तर्कहरु दिएका छन् ।कुष्ठरोग एउटा सर्ने रोग हो ,यो रोग फोहोर ,दुर्गन्धित वातावरण र व्यक्तिगत सरसफाइमा ध्यान नदिएको कारण जुनसुकै प्रकारका व्यक्तिहरुमा कुष्ठरोग सर्ने प्रमुख कारण हो डाक्टरहरुको भनाइ रहेका छन् ।

कर्जन्हा नगरपालिकाका एक कुष्ठरोग रोगी भएको उपचार गराएको व्यक्तिले पनि पहिला शरीरमा सानो फोका ,सुन्न हुने ,नश खुम्च्ने देखियो। पहिला मैले त्यति बेवास्ता गरेन नजिकै डाक्टरसँग उपचार गरे , आयुर्वेद औषधि खाए तर हात पोल्न थाले। केही सुधार भएन तर एक दिन एक जना साथी सल्लाह दिए कि यो रोगको उपचार गराउनका लागि मात्र लालगढ अस्पताल जानु म गए तर डाक्टरहरु ममाथी रिष पनि पोखे कि यतिबेला कहाँ थियो । पहिलानै उपचार भएको भए अति बढी दुख कष्ट हुने थिएन एक डाक्टरले भने। अहिले म निको छु औषध खाइरहेको छु ।म पहिलाभन्दा राम्रो छु कुष्षरोरी रामपुकार सदाले भने ।

६९ औं बिश्व कुष्ठरोग दिवस कार्यक्रममा सडक निर्माण , पक्की रोड बनाउनु र ठुलाठुल्ला भवन बनाउन ,राजनैतिक गर्नु जब व्यक्ति स्वास्थ हुदैन त पक्की सडकमा को हिड्ने, को भवनमा बस्ने ,राजनैतिक को गर्ने पहिला “स्वास्थ नै धन हो” प्रथम प्राथमिकता स्वास्थ तर्फ दिनुपर्ने भएकोले कति रकम कस्तो सहयोग गर्नु पर्छ भने विशिष्ट अतिथि ज्ञान कुमारी श्रेष्ठले कार्यक्रममा प्रतिबद्धता दिएकी छिन् ।

बिश्व कुष्ठरोग ६९ औ दिवस ,जिवन्त गाउँ कार्यक्रममा कर्जन्हा नगर प्रमुख गंगा पासमाले बोल्दै कुष्ठरोगा बारे डाक्टरहरुले भनेको कुराहरु मैले बढी बुझन पाए ।कुष्ठरोग कसरी लागने , कसरी उपचार गर्ने र यसलाई कसरी नियन्त्रण गर्ने विभिन्न डाक्टरहरुको बोलाईबाट बुझे ।
आब नगरपालिकाभित्र कसरी कुष्ठरोगी पत्ता लगाउने ,कसरी जनचेतना दिने र कसरी उपचार गराउन सहयोग पुग्ने ।यसको लागि बजेट त चाहिन्छ नै बजेट बिनाले रोगी पत्ता लगाउने ,घरदैलो गरि कुष्ठरोगको चेकजाँच गर्नका लागि तीनटै सरकार छन् ।केंद्र सरकार ,प्रदेश सरकार र स्थानीय सरकार जनताहरुको नजिकै सरकार भनेको स्थानीय सरकास हो मेयर पासमानले भने।
एक पटक गाउँमै सरसफाइ गर्दा केही व्यक्तिहरुले अनेक थरीका कुराहरू भनेको भताको लागि सरसफाइ गरिन्छ भने,तर नेपाल सरकारले दिशा मुक्त अभियान सम्पन्न गरिसकेको छ तर अहिले पनि कर्जन्हा नगरपालिकामा खुल्ला दिशा पिसाब गर्ने चहलपहल घटेको छैन ।

आज कार्यपालिकाको बैठकबाट कर्जन्हा नगरपालिकामा बाहिर दिशा पिसाब गर्ने पुरुषलाई पुरुष प्रहरी ,महिलालाई महिला प्रहरी प्रचालित गरि पक्राउ गर्न ,शौचालय नभएका घरमा शादी ,बिबाह गर्न रोक लगाउने ,कर्जन्हाका एघारौं वडाका स्वास्थ्य केंद्रका डाक्टरहरुलाई सबै कर्जन्हावासीलाई कसरी कुष्ठरोग पहिचान गर्ने ,कस्ता कार्यक्रम गर्ने र कति रकम लागने ,घरदैलो हुन्छ कि नजिकै स्वास्थ्य केंद्रमा चेकजाँच गर्ने बारे छिटो हुन्छ भने
छिटो , अर्को महिनामा हुन कि सम्पुर्ण बिवरण नगरपालिकामा दिनु स्वास्थ्य प्रमुख सहित ,वडाका स्वास्थ केन्द्रका डाक्टरहरुलाई निर्देशन दिएका छन् ।

उक्त कार्यक्रममा कर्जन्हा नगरपालिकाका वडा अध्यक्षहरु,स्वास्थ इन्चार्जहरु र स्वास्थ्य सेविका ,विभिन्न संघसस्थाका ,कुष्ठरोगीहरु स्थानीयहरुको उपस्थिति रहेका थिए

प्रतिक्रिया





Top