जनकपुरधाम । तराई मधेशमा आज जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत (बेलगाडी) गोरुगाडा जुलुस प्रदर्शन गरेको छ ।
गाउँ गाउँबाट गोरुगाडा लिएर तराई मधेशका जिलाहरुमा आएका जनमतका कार्यकर्ता र किसानहरुले किसानको माग पुरा गर भन्दै प्रदर्शन गरेका हुन् । पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार आज गोरुगाडा जुलुस प्रदर्शन गरेको जनमत पार्टीका नेतायादवले बताए ।
आन्दोलन अन्तर्गत आज सप्तरी, धनुषा, सिरहा,महोत्तरी लगायतका तराई मधेसका जिल्लाहरुमा समेत किसानहरुले गोरुगाडा (बेलगाडी)जुलुस प्रदर्शन गरेका छन् ।
किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी विगत एक महिनादेखि आन्दोलित छ ।
प्रतिक्रिया