मधेस प्रदेशका मुख्यमन्त्री राउतले बन्द गरेका छोरी बिमा पुनःसञ्चालन ल्याउने तयारीमा

मधेशपाटी अनलाइन     २०७८ माघ १७, सोमबार १८:०५ बजे मा प्रकासित


जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बन्द गरेका छोरी बिमा पुनःसञ्चालन ल्याउन तयारीमा जुटेका छन ।

जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा जन्मिने छोरीको बिमा कार्यक्रम आफूहरुले ल्याए पनि कर्मचारीको असहयोगका कारण निरन्तरता दिन नसकिएको बताए ।

कर्मचारीको असहयोगका कारण पनि शुरुमा सोढ ८ हजार छोरीको बिमा गर्न सफल भएको भन्दै उनले अढाई वर्षदेखि हुन नसकेको बिमा कार्यक्रम केही दिनभित्रै पुनःसञ्चालनमा ल्याइने बताए ।

मुख्यमन्त्री राउतले कक्षा ११ र १२ मा पढ्ने छोरीलाई ल्यापटप वितरण गरिने पनि बताए । एक जिल्लाका १ हजार छोरीलाई ल्यापटप बितरण गरिने भन्दै उनले यसले छोरीलाई संसारसँग जोड्ने काम हुने बताए।

महिलाका लागि आरक्षण सिट राखेर मात्रै नहुने भन्दै उनले लोकसेवा भिडनका लागि तयार गर्नुपर्ने समेत बताए । यसका निम्ति प्रदेशका आठै जिल्लामा निःशुल्क लोकसेवाको कक्षा सञ्चालन गरिने उनले बताए।

समाजको आधा हिस्सा महिलालाई उपेक्षित गरिरहेसम्म समाजलाई परिवर्तन गर्न नसकिने भन्दै उनले छोरीप्रतिको सोंचलाई परिवर्तन गर्नुपर्ने बताए ।

उनले गाउँघरमा १० बिघा जग्गा हुनेले पनि छोरीलाई साइकल दिन नचाहेको बताउँदै छोरीको आत्मविश्वास बढाउनकै लागि प्रदेश सरकारले साइकल वितरण गरेको बताए ।

प्रतिक्रिया





Top