आगलागीबाट घरबारविहिन विपन्न दलित परिवारलाई टेवाको राहत सहयोग

न्यूज डेस्क     २०७८ माघ १८, मंगलवार १७:१५ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, सर्लाही । मधेश प्रदेशका आगलागीबाट घर सहित सम्पूर्ण सामाग्रीहरु नष्ट भएका विपन्न दलित परिवारलाई खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।

टेवाको आर्थिक सहयोग तथा भोरको पहल र व्यवस्थापनमा आगलागीबाट घरविहिन भएका सर्लाही र सप्तरीका ९ विपन्न दलित परिवारलाई खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।
चामल, दाल, नुन, खानेतेल, सोयाबिन, त्रिपाल, बालटिन, मग, खाना पकाउने भाडाकुडा तथा फाइबर सिरक सहितको सामाग्रीहरु उक्त खाधान्न तथा राहत प्याकेजमा समावेश गरिएको छ ।

 

सप्तरी जिल्ला सुरुगां नगरपालिका वडा न. ७ चकदह सदा टोलका ७ मुसहर परिवार, सर्लाही चन्द्रनगर गांउपालिका वडा न. ३ का बरकुर्बाटोलका १ अति विपन्न परिवार, कविलासी नगरपालिका वडा न. ७ सिर्सियाका १ विपन्न चमार परिवारलाई उक्त खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।

भाडाकुडा, खाधान्न र लताकपडा सम्पूर्ण समाग्री नष्ट भई सकेको अवस्थामा ती विपन्न परिवारहरुको जीवन निकै कष्टपूर्ण भएको तथ्य सुरुगां नगरपालिका वडा ७ का वडा अध्यक्ष शिव नारायण चौधरीले बताए ।

आगलागी प्रभावित भएर निकै कष्टपुर्ण अवस्थामा बांचीरहेका परिवारलाई राहत गरेर टेवाले महत्वपूर्ण सहयोग गरेको कविलासी नगरपालिका निवासी तथा आगलागी पिडित जोगी महराले बताए ।

प्रतिक्रिया





Top