किसान आन्दोलनकारीहरु हाईबे बन्द – स्कुल बस एम्बुलेन्स देखि पत्रकार सम्मलाई छुट (भिडियोसहित)

न्यूज डेस्क     २०७८ माघ २०, बिहीबार ०८:५६ बजे मा प्रकासित


जनकपुरधाम । किसान आन्दोलन अन्तर्गत आज जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा बन्द गर्ने भएको छ ।राजमार्गमै बस्ने, खाना पकाएर खाने र सवारी साधन चल्न नदिने जनमत पार्टीका कार्यकर्ताहरुले आज मशाल जुलुस प्रदर्शन गरेर उद्घोष गरेका हुन् । जनमतका नेता दिपेन्द्र यादवका अनुसार स्कूल बस,एम्बुलेन्स , सब बाहन , दुध बोकेका गाडी, पत्रकार , मानव अधिकारकर्मी लगायतका अत्यावश्यक सवारी साधनलाई भने अवरोध गरिने छैन ।

विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर आन्दोलन गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर राजमार्ग बन्द गर्न लागेको जनमत पार्टीले जनाएको छ ।

आन्दोलनकारीले स्कुल बस , एम्बुलेन्स आदीलाई नरोक्ने भने पनि प्रहरीले नै यसरी स्कुल बसलाई रोकेर राखेको छ । सुनुहोस चालकको गुनासो भिडियोमा के भन्दैछ ?https://fb.watch/aX0i6gULIG/                      जनमत पार्टीको बन्द आह्वानपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी खण्डमा सवारी चलेका छैनन् । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

प्रतिक्रिया





Top