धनुषा : बिधालय पढन पुगेका दुईवटा बालिका किचिएर मृत्यु, क्षतिपूर्ति माग पिडित

मधेशपाटी अनलाइन     २०७८ माघ २१, शुक्रबार १७:१६ बजे मा प्रकासित


शम्भु पण्डित,जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वा स्थित श्री फकिर चन्द्र गामि मावि बिधालय परिसरमा पढन पुगेका हावाहुरी कारण रुख ढलेर बिधालय पुगेका दुई बालिका घटनास्थलमै मृत्यु भएकाे छ ।

पढ्न गएका बालबालिका बिधालय परिसरमा पुगेका हावाहुरी कारण (मसाला गाछि )रुख ढलेर दुईटै बालिका घटनास्थलमै किचिएर मृत्यु भएकाे छ ।

बिधालय पढन पुगेका बरकुर्वा घर भएका बालबालिका स्व महेन्द्र सदाकाे छाेरी अन्दाजी ७ बर्षको प्रतिभा सदा र चन्देश्वर सदाका छाेरा अरबिन्द सदा अन्दाजी ८ बर्षको घटनास्थलमै किचिएर मृत्यु भएको हाे ।

चन्देश्वर सदाको एउटा छाेरा मात्र रहेको अरबिन्द थियाे र मृत्यु अवस्थामा फेला परेको छ ।

दुईटा शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । भने ईलाका प्रहरी कार्यालय सबैला ईन्स्पेक्टर राजेश सिंगदेलले जनाएको छ ।

सबैला,बरकुर्वा घटना स्थलमा पुगेका सबैला नगरपालिका मेयर बिजय शंकरप्रसाद साह र साेहि वडा नम्बर १२ वडा अध्यक्ष प्रदिप महतो र बिधालय ब्यबस्थापन समिति अध्यक्ष बिनाेद पाल र स्थानीय अगुवा मनाेज पासमान लगायत बुद्धिजीवी बर्कुर्वा घटना स्थलमा पुगेर घटनामा परेका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सहमति तथा अस्वासन दिएका छन ।

प्रतिक्रिया





Top