ज्यान गुमाएका परिवारलाई किरिया खर्च १०-१० हजार सहयोग

न्यूज डेस्क     २०७८ माघ २२, शनिबार ०१:४२ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वा स्थित रहेको श्री फकिर चन्द्र गामि म.वि बिधालय परिसरमा पढन पुगेका बालिका हावाहुरी कारण रुख ढलेर ज्यान गुमाएका परिवारलाई किरिया कामकाज खर्च स्वरूप दश/दश हजार रुपैयाँ सहयोग गरेको छ ।

नेकपा एमालेका प्रदेश २ सांसद किशोरी साह ‘कमल’ ले धनुषाको सबैला नगरपालिका बरकुर्वामा ज्यान गुमाएका परिवारलाई घरमै पुगेर दश/ दश हजार रुपैया सहयोग गरेको हाे ।

घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति खर्चसमेत स्थानीय सरकारले व्यहोर्ने जानकारी दिए ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वा स्थित श्री फकिर चन्द्र गामि मा.वि बिधालय परिसरमा पढन पुगेका हावाहुरी कारण (मसाला)रुख ढलेर बिधालयमा दुई बालिका घटनास्थलमै किचिएर मृत्यु भएकाे थियो ।

नेकपा एमालेबाट जितेका प्रदेश सांसद रहेका किशोरी साह ‘कमल’ले यस घटनामा दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहत स्थानीय सरकारले व्यहोर्ने बताए ।

प्रतिक्रिया





Top