जनकपुरधाम । धनुषा जिल्लाको शहीदनगर नगरपालिका वडा नम्बर १ का ३६ बर्षीय उमेश यादवलाई १८ माघको साँझ गाउँकै मनोज यादवको ट्याक्टरले ठक्कर दियो । ठक्करले सामान्य चोटपटक लागेका उमेशलाई ट्याक्टर धनी आफैंले तत्कालै उपचार गराउन जनकपुरधामस्थित काब्या अस्पताल पु¥याए ।
अस्पताल भर्ना हुनेवित्तिकै स्वास्थ्यकर्मीले काउन्टरमा रु ८ हजार जम्मा गर्न र जानकी सिटी स्क्यान सेन्टरमा रु ५ हजार लिएर जान भने । तर, मनोजका भाईले आफ्नो साथीकै सिटी स्क्यान भएकाले त्यहीं गराउने बताएपछि अस्पतालका स्वास्थ्यकर्मीले गराएर ल्याउन भने ।
सिटी स्क्यानको रिपोर्ट आएपछि चिकित्सकले ल्याब जाँच गराउन भने । ‘मेरो भाईलाई ल्याब संचालन गर्ने व्यक्ति पनि चिनजानकै भएकाले आफैं गराएर ल्याउँछु भन्दा अस्पतालका प्रशासकीय अधिकृत सन्तोष सिंहले त्यो बाहिर गराउन नमिल्ने बताए’ मनोज भन्छन्, ‘सिंहले रु ४ हजारमै यहीं जाँच हुन्छ भनेपछि हामी पनि मान्यौं ।’
ल्याब जाँचको रिपोर्ट आएपछि चिकित्सकले खासै केहि नभएको र २४ घण्टापछि घर लान सकिने बताए । ‘भोलिपल्ट बुधबार चिकित्सकले नै बिल तिरेर घर लान भने’ मनोज भन्छन्, ‘कति बिल बनेको होला भनेर सोधेपछि कर्मचारीले त्यहीं १३÷१४ हजार होला भने ।’
आफूसँग तत्कालै पैसा नभएकाले घरबाट लिएर आएपछि अस्पतालले रु २३ हजार तिर्न भनेको मनोजले बताए । ‘कसरी २३ हजार पुग्यो त ? भनेर सोध्दा सिंहले पहिला पैसा दिनुस् अनि भन्छु भने’ मनोज भन्छन्, ‘यसपछि बिल माग्दा ११ हजार २ सयको मात्रै तयार गरिएको बिल आफूलाई दिए ।’
बिल ११ हजार २ सयको मात्रै दिने अनि २३ हजार कसरी दिने ?, अनि बिल पनि प्यानबाला दिनुप¥यो भनेपछि रु २२ हजार ८ सय ५० को अर्काे बिल आफूलाई दिएको मनोजले बताए ।
मनोजलाई काब्या अस्पतालले उपलब्ध गराएको रु २२ हजार ८ सय ५० को बिलमा जथाभावी खर्च देखाएका छन् । बिलमा २ पटक एडमिसन चार्ज नै उल्लेख गरेर रु ५ सय थप रकम जोडिएको छ ।
चिकित्सक हेर्न आउँदा रु १ हजार, राति फोन मार्फत् चिकित्सक बोलाउँदा रु १५ सय जोडिएको छ । यसबाहेक ल्याब जाँचको रु ११ हजार ६ सय ५० जोडिएको छ । जबकी पहिला उपलब्ध गराइएको बिलमा यो रकम उल्लेख नै थिएन् ।
‘रु ४ हजारमा ल्याब टेस्ट हुन्छ भनेपछि गराएका हौं’ मनोजले भने, ‘तर रु ११ हजार ६ सय ५० लिइएको रहेछ ।’
हुँदै नभएको खर्च आफू दिन नमान्दा डर, त्रास देखाएको मनोजको भनाई छ । ‘आफूलाई अस्पतालकै मान्छे बताउने दीपु यादव भन्नेले पैसा दिइनस भने ठीक हुँदैन् भनेपछि आफू यो रकम तिरे’ मनोजले भने ।
अस्पतालले जथाभावी बिल बनाएर मनोजसँग रकम असुली गर्नु आफ्नो ठाउँमा छँदैछ । तर, अस्पताल आफैंले बनाएको बिलमा बढी रकम उल्लेख गरेका छन् । बनाइएको बिल अनुसार नै रकम तिर्नुपर्ने हो भने मनोजलाई रु २० हजार १ सय ५० मात्रै तिर्नुपर्ने हुन्छ । तर बिलमा जम्मा रकम २२ हजार ८ सय ५० उल्लेख गरेर रकम अस्पतालले लिएको छ ।
‘डर, त्रासका कारण तत्कालै २२ हजार रकम तिरेर बिल लिई घर गएर जोड्दा त्यत्ति रकम पुगेन’ मनोज भन्छन्, ‘यो अस्पतालले देखादेखी आफूसँग ठगी गरेको छ ।’अस्पतालकै चिकित्सकले केहि नभएको बताउनु र अस्पतालले २२ हजारको बिल दिनु अन्याय हो’ मनोज भन्छन्, ‘झन डर देखाएर पैसा असुली गर्नेलाई के भन्ने ?’
उनले सामान्य चोट लागेका व्यक्तिलाई २२ हजार अस्पतालले लिनु र ५ हजार सिटी स्क्यान गर्न लगाएर काव्या अस्पतालले आफ्नो ढाड् सेकेको बताए ।
अस्पतालले बिरामीसँग बढी रकम नलिएको दावी गरेको छ । अस्पतालका प्रशासकीय अधिकृत सन्तोष सिंहले दुई पटक एडमिसन चार्ज उल्लेख हुनु त्रुटी भएको बताए । एक ठाउँमा बेड चार्ज रु २ हजार ५ सय उल्लेख गर्नुपर्नेमा एडमिसन चार्ज नै दोहोरिएकाले यस्तो हुन गएको बताए ।
उनले प्यान बिलमा रु २५ सय बेड चार्ज उल्लेख गर्नुपर्नेमा एडमिसन चार्ज नै उल्लेख गरेको बताएपनि पहिलो बिलमा बेड चार्ज २ दिनको रु ३२ सय उल्लेख गरिएको छ । आफूहरुले बिरामीसँग कुनै बढी रकम नलिएको दावी समेत उनले गरेका छन् ।
प्रतिक्रिया