धनुषा : एसपीका गाडी चालक तस्करी धन्धा, लाइनकाे सेटिङ्ग मिलाएर यसरी रकम अशुली

न्यूज डेस्क     २०७८ माघ २२, शनिबार ०३:३७ बजे मा प्रकासित


जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाबाट सरुवा भएका प्रहरीले घुमुवाको नेतृत्व सम्हालेका छन् ।

प्रहरी उपरिक्षक (एसपी) बसन्त रजौरेका ड्राइभर प्रहरी जवान आजाद यादवले भारतबाट सामान तस्करीको लाइन मिलाउन घुमुवा प्रहरीको नेतृत्व गरेको खुलेको छ ।

यादवको रौतहटस्थित प्रहरी स्कुलमा सरूवा भइसकेको छ । तर सरुवा भएको जिल्लामा नगई एसपीको गाडी चलाउने उनले जिल्लाको घुमुवाको नेतृत्व गरेको प्रहरी श्रोतले बतायो ।

‘यादवको सरुवा भएपनि काजमा रहेको एसपीको गाडी चलाउदै छ’, एक प्रहरी अधिकृतले भने, ‘चालक यादव काजमा बसेका छन् । एसपीको चालक भएर बसेका कारण जिल्लामा राम्रै नेटवर्क बनाएका छन् । तस्करीबाट उठेको पैसा संगठनका अधिकृतलाई बुझाएर धनुषामा तस्करीको लाइन विस्तार गरिरहेका छन् ।’

धनुषामा यादवकै सक्रियतामा आफुसंग मिल्नेहरुलाई मात्रै घुमुवामा रािखएको छ । चालक यादवसंग मिल्ने र समन्वय गर्नेहरुमात्रै घुमुवाको जिम्मेवारी पाएको छ ।

मिल्नेहरुबीच लेनदेनमा सहज भएको र उनीहरुलाई मिलाउने काम चालक यादवले गरेको प्रहरी श्रोतको दावी छ ।

प्रहरी प्रमुखमा रजौरे आएपछि धनुषामा भारतबाट हुने तस्करी बन्द गराएका थिए । रजौरेले कानुन अनुसार हुन सक्ने काम गर्न र कानुन विपरित कुनै पनि काम गर्न नसक्ने भन्दै प्रहरीलाई सचेत गरेका छन् । तर, रजौरेलाई झुक्याएर घुमुवा प्रहरीले तस्करीको लाइन खोलेको छ ।

धनुषामा घुमुवाको कमान्डर सई नागेन्द्र राउत छन् । राउतसंग हवल्दार उमेश महरा र मनोज महतो घुमुवा छन् । एसपी रजौरेको गतिविधि र भित्री कुराको सुचना सिपाही आजाद यादवले दिएर तस्करहरुबाट संकलन भएको रकममा सबै भन्दा बढी भाग लिने गरेको छ ।भारतसंगको खुला सीमान रहेको धनुषा लगायत तराईका अन्य जिल्लामा भारतबाट दैनिक उपभोग्य सामान तस्करी गराएर घुमुवा प्रहरीले मोटो रकम संकलन गर्दै आएको छ ।

अपराध अनुसन्धान र गोप्य सुचना संकलनकालागि घुमुवा राख्ने भएपनि पछिल्लो समय तस्करबाट रकम संकलन गर्न घुमुवाको प्रयोग भइरहेको छ ।

धनुषामा जिल्ला प्रहरी, प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयका घुमुवा समेत आएर तस्करहरुसंग रकम संकलन गर्दै आएको छ ।

जिल्लामा घुस नलिने प्रहरी प्रमुख आए घुमुवा सरुवा माग्ने र तस्करीको लाइन खोल्ने प्रमुख आए मोटो रकम बुझाएर जिल्लामा आउने गर्छन् ।

तस्करीको लाइन खुलाउन व्यापारीहरुले घुमुवा प्रहरीसित सेटिङ गर्दै आएका छन् । सेटिङ भएपछि महिनाबारी तोकिएको रकम घुमुवा प्रहरीले बुभ्mदै आएको छ ।

एक जना व्यापारीसित मासिक पाँच लाखसम्म बुझेर घुमुवाले मोटो रकम कमाउदै आएको प्रहरी श्रोतले बताए ।

धनुषाका एसपी रजौरेले भने धनुषा प्रहरीले पहिलेभन्दा धेरै बढी राजश्व संकलन गरेको बताए । ‘हुन त कहीँ न कहीँ चुहावट त होला तर पहिलेभन्दा धेरै राजश्व उठाइसकेका छौँ । ड्राइभरले तस्करी गरेको प्रमाण भेटियो भने कारबाही भइहाल्छ नि’, उनले भने ।

प्रतिक्रिया





Top