‘ई–पासपोर्ट बनाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ

न्यूज डेस्क     २०७८ माघ २२, शनिबार ०८:२७ बजे मा प्रकासित


काठमाडौं । सहज रुपमा ई–पासपोर्ट बनाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उप–महानगरपालिका–५ घर भएका ३५ वर्षीय मनोज सापकोटा छन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट बनाउन आएका सर्लाहीका सोमबहादुर स्याङतानलाई उनले ‘सहज रुपमा पासपोर्ट बनाइदिउँला’ भनेर १२ हजार रुपैयाँ लिएर भागेका थिए । ठगेर भागेको सुराक पाएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

माघ १८ मा इ–पासपोर्ट बनाउने ठाउँमा स्याङतानलाई भेटेर सापकोटाले पैसा लिएका थिए । काठमाडौंको संगमचोक बस्ने आरोपीविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया





Top