ब्राउनसुगरसहित प्रहरीले दुईजनन भारतीय नागरिक लाई पक्राउ

न्यूज डेस्क     २०७८ माघ २३, आईतवार ०९:२७ बजे मा प्रकासित


झापा । झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुईजनन भारतीय नागरिक लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् । उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल (बीओपी) ज्यामिरगढीबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट ती अवैध पदार्थ बरामद भएको थियो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top