जनकपुरधाम । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ तिनाउ पुलमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा १९ च ९१५७ नम्बरको जिपले लु २४ प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
जिपको ठक्करबाट घाइते भएका अन्दाजी ३२ बर्षीय पुरुषको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रदेशिक अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटना लगतै फरार भएका जिप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया