छुरा प्रहारको राजनितीकारणको दल दालमा, पीडित न्यायको लागी भौतारीदै

मधेशपाटी अनलाइन     २०७८ माघ २३, आईतवार १०:२७ बजे मा प्रकासित


सिरहा । सिरहाको नवराजपुर गाउँपालिका ४ का रामरिझन यादवमाथि पुस २९ मा छुरा प्रहार भयो। युवाहरुको एक समूहले गरेको छुरा प्रहारबाट यादव गम्भीर घाइते भए। उक्त घटना राजनितीको दल दालमा फसे पछी पीडितले न्याय नपाएको अबस्था रहेको छ्।

श्री जनता उच्च माद्यामिक बिधालय सोनवर्षा नजिकै रहेको सडकमै छुरा प्रहार गरिएको थियो । उनी सडकमा लडेको देखेपछि स्थानीयले उद्धार गरी नजिकै रहेको किल्निकमा प्राथमिक उपचार पछी थप उपचारका लागी बिराटनगर लगिएका थिए।

विराटनगर स्थित रहेको विराट नर्सिङ होममा दुई दिन उपचार पश्चात उनी घर फर्किएका छन्। घर आएलगत्तै उनीले ईलाका प्रहरी कार्यालय पतारीमा उजुरी दिँदा प्रहरीले दर्ता गर्न न मन्दा उनले पत्रकार सम्मेलन गरे,अनी बल्ल माघ ९ मा प्रहरीले आरोपी ६ जनामाथि मुद्दा दर्ता गरेका हुन्।

स्थानीय सन्तोष कुमार यादव, विनोद यादव,रामअधिन यादव, कृष्णा मण्डल, देवराम यादव र रोस्तम मियाँमाथि मुद्दा दर्ता भएको छ।जसमा सन्तोष यादवलाई मुख्य अभियुक्त बनाइएको पीडितले बताए।प्रहरीले आरोपी रोस्तम मियाँ र कृष्णा मण्डललाई पक्राउ गरेर अनुसन्धान तथा कारबाही समेत अगाडि बढाइसकेको छ।

यता,आराेपीहरुले पनि पीडित पक्षका ७ जनामाथि मुद्दा दर्ता गराएपछि घटनाले राजनीतिक रुप लिएको छ । आरोपीको तर्फबाट रबि मण्डलले स्थानीय दिपेन्द्र यादव, राजकुमार यादव, रामवोध साह, उमेश यादव, धर्मनाथ यादव, रामरिझन यादव र बब्लु यादवमाथि जिल्ला सरकारी कार्यालयमा ज्यान मार्ने उद्योगमै मुद्दा दर्ता गराएका छन् ।

दिपेन्द्र यादव नेकपा एकिकृत समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष हुन् । उनीसहितका ७ जनाले पुस २९ गते राति आक्रमण गरेर आफ्नो ज्यान मार्ने प्रयास गरेको आरोप मण्डलले लगाएका छन् । मण्डल नवराजपुर गाउँपालिकाको कार्यालय सहयोगी पनि हुन् ।

पुस २९ साँझमा छुरा प्रहारबाट घाईते रामरिझन राति उपचारका लागि विराटनगर पुगिसकेका थिए । मण्डलले उनीमाथि पनि मुद्दा दर्ता गराएको छ । रामरिझनमाथि छुरा प्रहार गर्नेहरुमाथि मुद्दा दर्ता भएपछि प्रतिशोध लिन आरोपीको मतियार बनेर काउण्टर मुद्दा दिएको मण्डलमाथि आरोप लागेको छ ।

गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले कार्यालय सहयोगी मण्डललाई प्रयोग गरेर प्रतिशोध लिन आफूहरुमाथि मुद्दा दर्ता गराएको नेकपा एसका गाउँपालिका अध्यक्ष यादवले बताए । प्रहरीले मुद्दा दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा गएर दुःख दिने नियतले मुद्दा दर्ता गराएकाे उनको भनाई छ ।

उनले नेपाल प्रेससँग भने, ‘छुरा प्रहार भएको रामरिझन काकाका छोरा छन् । उनीमाथि छुरा प्रहार गर्नेहरुमाथि मुद्दा दर्ता नगर्न गाउँपालिका अध्यक्ष लगायतले प्रहरीलाई दबाब दिएका थिए । तरपनि मुद्दा दर्ता भएपछि प्रतिशोधन लिन आफूहरुमाथि काउण्टर मुद्दा दर्ता गराएका छन् ।’

उनका अनुसार मण्डलले मुद्दा दर्ता गराएकामध्ये धर्मनाथ यादव लहानस्थित मुक्तिनाथ विकास बैंकमा सुरक्षा गार्डको काम गर्छन् । जुन दिन (पुस २९ मा) मार्ने उदेश्यले आफूमाथि आक्रमण गरेको भनेर मण्डलले आरोप लगाएका छन् । त्यो दिन यादव बैंकमै थिए । बैंकको सिसिटिभी फुटेजमा पनि गएर हेर्न सकिन्छ ।’

दुई पक्षले एक अर्कामाथि मुद्दा दर्ता गराएपछि गाउँपालिकामा राजनीतिक ध्रुविकरण भएको छ । नेपाली कांग्रेस मण्डलको पक्षमा उभिएको छ भने नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एमाले लगायतका सबै दल एक भएका छन् । अर्थात् कांग्रेस बाहेक सबै दल रामरिझनका पक्षमा देखिएका छन् ।

रामरिझनको पक्षबाट माओवादी केन्द्रका संघीय सांसद सुरेशचन्द्र दास यादव, नेकपा एसका नेता एवं प्रदेश मन्त्री प्रमोद यादव, नेकपा एसकै प्रदेश अध्यक्ष रामचन्द्र यादव, जसपा गाउँपालिका अध्यक्ष शिव उदगार यादव लगायतका नेताहरु शुक्रवार सिरहा पुगेर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर पीडितलाई न्याय र अपराधीलाई कारबाही गर्न दबाब दिएका छन् ।

सो क्षेत्रबाट निर्वाचित सांसद यादवले छुरा प्रहार गर्नेहरुमाथि मुद्दा दर्ता भएपछि काउण्टरमा आरोपीहरुको पनि मुद्दा दर्ता हुनु दुःखद रहेको बताए । उनले सरकारी वकिल कार्यालयले घटनाको छानविन समेत नगरी पीडितहरुमाथि मुद्दा दर्ता गरेपछि सिडिओ र एसपीलाई भेटेर अपराधीलाई कारबाही र झुठा मुद्दा खारेज गर्न आग्रह गरेको बताए ।

उनले भने, ‘एसपी र सीडीओले हामीले छलफल गर्दैछौं केहि समय दिनुस् भनेर भन्नुभयो । उचित निकास दिने भनेर आश्वासन पनि उहाँहरुले दिनुभएको छ । त्यसैले हामी २/३ दिन पर्खिन्छौं । यदि पीडितलाई नै दुःख दिने काम भयो भने जनतालाई शान्ति सुरक्षा र अपराधीलाई कारबाही गराउन के के गर्नुपर्छ, गर्छौ ।’

प्रतिक्रिया





Top