जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि २१ किलोमिटर दुरिमा रहेका धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शत्रुधन यादव सहितका कर्मचारीलाई गाडीमै कुटिएका छन् । उनीहरुमाथि समेत युवाहरुको समूहले अन्धाधुन्द मुक्का प्रहार गरेको भिडिओ सार्वजनिक भएको छ ।
आज दिउँसो नगरपालिकाको यदुकोहा चोकमा नगरपालिकाको २-००२-००६८ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा सवार अधिकृत यादव सहितका कर्मचारीलाई एक समूहले कुटपिट गरेको हो । गाडीमा चालक, कार्यालय सहयोगी र अन्य दुई जना गरी ५ जना सवार थिए ।
यता, नगर प्रमुख उदय कुमार बरमरियाले लागूऔषध खाएका युवाहरुले अधिकृत यादवसहित ५ जनामाथि सामान्य कुटपिट गरेको बताएका छन् ।
उनले भने, ‘सामान्य कुटपिट भएको छ । घाइते कोही भाको छैन् । अगाडीमा बसेका एक जनालाई बढी चोट लागेको छ ।’ कुटपिट गर्ने युवाहरुको पहिचान गर्न नसकिएको उनको भनाई छ ।
यो घटनाबारे प्रहरी भने अनविज्ञता जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी दिपक राईले भने, ‘शहिदनगरमा आज कुटपिटको घटना नै भएको छैन् । सामाजिक संजालमा आएका भिडियोहरु पुरानो हुनसक्छ ।’nepalpress
प्रतिक्रिया