जनकपुरधाम । प्रहरी हुँ भनी धम्काउँदै हिंड्ने १ जनालाई लागू औषध सहित प्रहरीले समातिएका छन ।
पक्राउ पर्नेमा झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर १ घर भएको हाल काठमाण्डौं महानगरपालिका वडा नम्बर ४ स्थित मण्डिखाटार बस्ने ३२ वर्षयका अशिम गुरुङ रहेका हुन् ।
गत शुक्रबार माघ २१ गते गुरुङलाई सिरहाबाट लागू औषध सहित नियन्त्रणमा लिई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र बोकेको र नक्कली रिभल्वर सहित लागु औषधि सहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यलय जनकपुरले सार्वजनिक गर्दै जनाएको छ ।
उक्त कार्यलयका अनुसार, नक्कली परिचय पत्र थान-१, नक्कली रिभल्वर थान-१, रिभल्वर राख्ने होलस्टर थान-१, ड्याईगन चक्कु थान-१, SAIRA SYANGBO र ASHIM GURUNG लेखिएको मेटल नेम प्लेट थान-२, मोबाईल थान-२, चेकबुक थान-१, ATM CARD थान-१, निज अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी थान-१, नेपाली नोट एक हजार दरको थान-३ गरि जम्मा तीन हजार र Ncell को नयाँ सिम कार्ड थान-३, लागू औषध NITRAVAT-10 लेखिएको ३९ पिस ट्याब्लेट, SPASMOP PROXYVON PLUS-२२ पिस ट्याब्लेट बरामद गरेका छन् ।
यद्यपि, पक्राउ परेको माथि सम्मानित जिल्ला अदालत सिरहाबाट लागू औषध मुद्दामा ५ दिन म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भईरहेको बताए ।
प्रतिक्रिया