जनकपुरधाम । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई प्रेम आलेलाई मधेशी आयोगले आग्रह गरेको छ ।
आइतबार मन्त्री आलेलाई एक पत्र लेख्दै आयोगले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।
आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दा त्यस क्षेत्रको धार्मिक, सामाजिक तथा पर्यटकीय गरिमा बढ्ने उल्लेख गरेका छन् ।
पत्रमा उनले भेनका छन्, ‘राजा जनकको दरबार र माता जानकीको जन्मभूमि रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन महत्वपूर्ण रहेको र सो गर्दा त्यस क्षेत्रको धार्मिक, सामाजिक तथा पर्यटकीय गरिमा झन बढ्ने भएकाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक व्यवस्था मिलाइदिनुहुन अनुरोध गर्दछु ।’
प्रतिक्रिया