देवरले भाउजूलाई पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा मृत्य

मधेशपाटी अनलाइन     २०७८ माघ २४, सोमबार ०७:०७ बजे मा प्रकासित


उमेश कुमार साह,सप्तरी । सप्तरीको बोदे बर्साईनमा एक युवकले आफनै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्वर १ धनगढी बस्ने प्रमेश्वर साहले आफ्नै भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको उपचारको क्रममा मृत्यु भएको हो । माघ २१ गते बिहान घरमा खाना पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
राजकुमारीका ३० वर्षीय पति रबिनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले श्रीमतिको शरीरमा आगो लगाएको भन्दै ईलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका छन् ।

घटना पछि उनी फरार रहेको छ । उनको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top