मधेश प्रदेश सरकारले एक जना राज्यमन्त्री थपिए

न्यूज डेस्क     २०७८ माघ २४, सोमबार ०७:२४ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेश सरकारले एक जना राज्यमन्त्री थप गरेको छ । नेकपा (एकीकृत समाजवादी)का सांसदलाई राज्यमन्त्री बनाइएको हो ।

आइतबार बिहान एकीकृत समाजवादीका सांसद नागेन्द्र राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराइएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई राज्य मन्त्रीको शपथ गराएका हुन् । त्यस अवसरमा सभामुख सरोज कुमार यादव र केही मन्त्रीहरूको सहभागिता रहेको थियो ।

मधेश प्रदेश सरकारमा एकीकृत समाजवादीले दुई वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ । सुरुमा दुई मन्त्रालय पाएको एकीकृत समाजवादीले एक राज्यमन्त्रीको माग गर्दै आएको थियो ।

प्रतिक्रिया





Top