कर्णाली सरकारले पायो पूर्णता, गैरसांसददेखि चाेरी मुद्दामा सजाय भाेगेकासम्म मन्त्री

न्यूज डेस्क     २०७८ माघ २४, सोमबार ०८:५० बजे मा प्रकासित


काठमाडौं । नेकपा माओवादी केन्द्रबाट कार्चेन लामा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ ग्रहण गरेका छन । लामा मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन्। उनले चीनको ताक्लाकोटमा रहेको गुम्बाको मूर्ति चोरी गरेको आरोपमा सजाय पाएका थिए।

झण्डै १२ सय वर्ष पुरानो प्राचीन मूर्ति चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा मुद्दा अदालतमा दर्ता गरेको थियो।

त्यसको दुई वर्षपछि २०५१ मंसिर २५ गते तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायको इजलासले लामालार्ई दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। लामा हाल सांसद समेत छैनन्। माओवादी कर्णाली प्रदेशसभा दलभित्रै उनलाई मन्त्री बनाउन हुँदैन भनेर विवाद भइरहेकाे छ।

लामो समयसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय शीर्ष नेताले विवाद समाधान गरेका हुन्।

प्रतिक्रिया





Top