प्राध्यापक नेता बन्न सक्छ तर नेता प्राध्यापक बन्न सक्दैन : क्याम्पस प्रमुख साह

न्यूज डेस्क     २०७८ माघ २४, सोमबार १०:०४ बजे मा प्रकासित


सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित साँझा चौक जाने बाटोको पश्चिमपट्टी अवस्थित रहेको बि.डी कलेजमा आयोजित सरस्वती पुजाको बृहत सांस्कृतिक कार्यक्रममा मन्तव्य राख्ने गर्ने क्रममा प्राध्यापकले नेता बन्न सक्छ तर नेता प्राध्यापक बन्न सक्दैन हामी चाहिँ त छदैछौँ क्याम्पस प्रमुख संजय साहले भन्नुभएको छ ।

यस कलेजलाई केही नेताहरुले धर्मशाला भनिरहेका केहि नेताहरूलाई सरस्वती पुजाको बृहत सांस्कृतिक कार्यक्रममा मुहतोर जवाफ दिएका छन् ।बिद्यालय एउटा मन्दिर हो, कुनै नेताको पार्टी होइन्न।

पढेको व्यक्तिले मात्र शौक्षिक क्षेत्रमा पढाउन सक्छ नपढेकोले के गर्न सकछ त! त्यो थाहै हुन्छ सबैलाई त्यसले शिक्षण संस्थालाई धर्मशाला भन्नु केहि नेताको सोच गलत हो।

जहाँ शिक्षा दिइन्छ बिधाका मन्दिर भनिन्छ । यस कलेजमा यसै समाजका छोराछोरीहरु उच्च शिक्षा हासिल गरिरहेको छ र यसै कलेजलाई धर्मशाला भन्नु केही नेताहरूको मुर्खता हो ,यस्ता गुनासो हामी सँग आइपुगेको हुनाले हामी भन्नु आवश्यक ठान्ने हो।वहाँले मन्तव्य राख्ने क्रम भनेका छन् ।

आयोजित बृहत सांस्कृतिक कार्यक्रम कुनै शिक्षकको होइन यसै कलेजमा अध्यनरत छात्रछात्राहरुको कार्यक्रम हो वहाँले भने ।

बि.डी कलेजमा बि.एड र बि.बी.एस अन्तर्गत ४ बर्षिय पाठयक्रम अध्यापन हुदै आइरहेको छ।बि.एड र बि.बि.एस तर्फ अङ्ग्रेजी , नेपाली र स्वास्थ्य शिक्षा , जनसंख्या शिक्षा, अर्थशास्त्र ,बिज्ञान शिक्षा अन्य बिषय वस्तु समाबेश रहेका छन ।

अब बि.डी कलेजमा पनि मास्टर डिग्रीको अध्यापन छिटै संचालन हुने प्रमुख साहले बताए ।यस कलेजमा कुल शिक्षकहरु २३ जना भन्दा बढी र ५२१ जना बढी विद्यार्थीहरु अध्यन गरिरहेका छन्। बि.डी कलेजले १३ वर्ष देखि उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया





Top