जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टी डेढ महिनासम्म किसानको नाममा आन्दोलन गरेको अब स्थानीय तहको निर्वाचन तयारीमा तीव्रता दिएको छ ।
सोमबार नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन मिति आगामी बैशाख ३० गते गर्ने निर्णय गरेलगत्तै जनमतका नेता कार्यकर्ताहरु चुनावी प्रचारमा जुटेका छन् ।
यसैबीच, जनमतका अध्यक्ष डा.सीके राउतले आफ्ना पार्टीबाट उम्मेद्वारको सिफारिस पठाउन आह्वान गरेका हुन् ।
डा.राउतले भनेका छन्, ‘जनमत पार्टीको तर्फबाट उम्मेद्वार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेद्वारहरुको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउन हुन अनुरोध छ ।’
प्रतिक्रिया